आरएमडिसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट सेयरधनीहरूका लागि लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३७ प्रतिशत नगद गरी कुल २७.३७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २४ करोड १० लाख ६६ हजार ३२७ रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश घोषणा गरेको हो।
कम्पनीले गत वर्ष भने २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गरेको थियो।