आजका तस्बिर- असार ११
आजका तस्बिर- असार ११
झ्यालमा बुट्टा कुँद्दै ।  पोखराको तेस्रापट्टिमा भक्तपुरे आँखीझ्यालको बुट्टा कुँदै कालीगढ। तस्बिर: वासुदेव पौडेल/रासस
आजका तस्बिर- असार ११
उपभोक्ताको प्रतीक्षामा आँप व्यापारी ।  सप्तरीको राजविराजस्थित गजेन्द्रचोकमा आँप बिक्री गर्न बसेका स्थानीय व्यापारी । आँप यहाँ अहिले प्रतिकेजी रु ४०/५० मा बिक्री गरिन्छ। तस्बिरः अरुणकुमार यादव/रासस
आजका तस्बिर- असार ११
सहिद कृष्ण पार्क ।  तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित ढोर क्षेत्रका पहिलो सहिद कृष्णप्रसाद पौडेलको सम्झनामा निर्मित सहिदकृष्ण पार्क। डिभिजन वन कार्यालय तनहुँमार्फत् रु १० लाखको लागतमा पार्कलाई सौन्दर्यकरण गरिएको हो। तस्बिर: कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- असार ११
काठमाडौंको घनाबस्ती ।  हवाई जहाजबाट सोमबार दिउँसो खिचिएको काठमाडौंको स्वयम्भूलगायत आसपासको सहरी क्षेत्र। तस्बिर: प्रदीपराज वन्त/रासस
आजका तस्बिर- असार ११
सिद्धरत्ननाथ मठ ।  दाङ घोराही उपमहानगरपालिका-१७ चौघेरास्थित गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठ। मठमा परापूर्व कालदेखि अहोरात्र तान्त्रिक विधिद्वारा पात्र देवताको पूजा हुँदै आइरहेको छ। तस्बिर: कुलदीप न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्