आजका तस्बिर- असार १३
आजका तस्बिर- असार १३
बालुवाटार जग्गा प्रकरणमा पक्राउ परेकालाई लगियो म्याद थप गर्न ।  बालुवाटार जग्गा प्रकरणमा पक्राउ परेका चार जनालाई म्याद थप गर्न बुधबार अदालत लगिएको छ। सरकारी वकिलको कार्यालयबाट उनीहरूलाई काठमाडौं जिल्ला अदालत लगिएको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- असार १३
बादलको घुम्टोबाट बाहिर निस्कँदै गरेको चन्द्रमा ।  बादलको घुम्टोबाट बाहिर निस्कँदै गरेको चन्द्रमा। पानी पर्नुअघि शुक्लाफाँटा नगरपालिका–२ रानीपुरमा गएराति चन्द्रमाको कैद गरिएको हो। तस्वीर: राजेन्द्रप्रसाद पनेरू/रासस
आजका तस्बिर- असार १३
चामे बजार र छेउमा बगेको मर्स्याङ्दी नदी ।  मनाङ सदरमुकाम चामे माथिको आकाश बादलले छोपेको छ भने बादलमुनिको हरियो पहाड र बजारको छेउ हुँदै बगेको मर्स्याङ्दी नदी र पानीको सतहले छुनै लागेको मोटर पुल। तस्बिरः नवीन लामिछाने/रासस
आजका तस्बिर- असार १३
उद्योगमा जाली बुन्दै ।  सुर्खेतको वीरेन्द्रनगर–१२ स्थित औद्योगिक क्षेत्रमा रहेको एक तार जाली उद्योगमा जाली बुन्दै महिला। तस्बिरः सुरेश आचार्य/रासस
आजका तस्बिर- असार १३
नदीबाट दाउरा निकाल्दै सर्वसाधारण ।  सल्यान र सुर्खेतको सीमाना पोर्खेमा भेरी नदीको किनारबाट नदीले बगाएर ल्याएको दाउरा निकाल्दै सर्वसाधारणहरू। तस्बिर: हेमन्त केसी/रासस
प्रतिक्रिया दिनुहोस्