आजका तस्बिर- असार १४
आजका तस्बिर- असार १४
ईद मुबारक! ।  बकर ईदको अवसरमा काठमाडौंस्थित कास्मिरी जामे मस्जिदमा प्रार्थनापछि आपसमा अंकमाल गर्दै बालक। तस्बिर: नारायण महर्जन/सेतोपाटी
आजका तस्बिर- असार १४
ट्याक्सी चालकको विरोध प्रदर्शन ।  राष्ट्रवादी ट्याक्सी तथा चालक व्यवसायी संघले विरोध प्रदर्शन गरेको छ। बिहीबार बिहान विरोध जनाउँदै उनीहरूले र्‍याली निकालेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ
आजका तस्बिर- असार १४
बकर ईदका दिन नमाज पढ्दै ।  घण्टाघरस्थित जामे मस्जिदमा बिहीबार बिहान बकर ईदको अवसरमा नमाज पढ्दै इस्लाम धर्मावलम्बी। इस्लाम धर्मावलम्बीको दोस्रो ठूलो पर्व बकर ईद हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- असार १४
परम्परागत घर ।  दाङको देउखुरी गढवा गाउँपालिका–२ पचहियास्थित यादव समुदायको परम्परागत घर। पछिल्लो समय आगलागी तथा पानीको डरले पक्की घर बनाउने क्रम बढेसँगै यस्ता परम्परागत घरहरू लोप हुने अवस्थामा छन्। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- असार १४
शंखपार्क ।  काठमाडौं महानगरपालिका– ४ मा अवस्थित शंखपार्क। शंखपार्क २२ रोपनी क्षेत्रफलमा फैलिएको छ। यहाँ शंखको स्तम्भ राखिएको छ। पार्कभित्र फुलेका विभिन्न फूल र बिरूवाले वातावरण रमणीय र मनमोहक देखिन्छ। तस्बिर: हरिराम भेटुवाल/रासस
प्रतिक्रिया दिनुहोस्