आजका तस्बिर- असार १५
आजका तस्बिर- असार १५
आकाशबाट देखिएको पृथ्वी राजमार्गमा जाम ।  अविरल वर्षापछि पहिरोले पृथ्वीराजमार्गमा सवारी साधनको जाम भएको छ। साना-ठूला पहिरा खस्दा पृथ्वी राजमार्ग भई काठमाडौं भित्रने र काठमाडौंबाट गन्तब्यका लागि छुटेका सवारी साधन सञ्चालनमा समस्या भइरहेको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- असार १५
खोकना क्षेत्र ।  शुक्रबार धान रोपाइँपछि देखिएको ललितपुरको खोकना क्षेत्र। तस्बिर: निशा भण्डारी
आजका तस्बिर- असार १५
जोखिम मोलेर फड्के पुलबाट गन्तव्यतर्फ जाँदै नागरिक ।  मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामाथिको मोटरेवल पुल बाढीले बगाएपछि आवतजावतका लागि निर्माण गरिएको फड्के पुलबाट गन्तव्यतर्फ जाँदै यात्रु। तस्बिरः दिलकुमार लिम्बू/रासस
आजका तस्बिर- असार १५
चौंरीमार्फत् पाइप ढुवानी ।  सडक सञ्जालसँग नजोडिएको उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–४ मा दुङ्दार सिँचाइ योजना निर्माण गर्न चौँरीमार्फत पाइप ढुवानी गरिँदै । यहाँ दैनिक उपभोग्य सामग्रीको ढुवानी चौँरी र खच्चडमार्फत गरिन्छ। तस्बिरः हेमन्त केसी/रासस
आजका तस्बिर- असार १५
रोपाइँमा हिलो छ्याप्दै ।  २० औं धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा शुक्रबार सुनसरीको इनरुवा–५ मा हिलो खेतमा वडाध्यक्ष अनिल पोखरेललाई हिलोमा लगाउँदै नगरप्रमुख केदार भण्डारी। तस्बिर: नवीन गड्तौला/रासस
प्रतिक्रिया दिनुहोस्