आजका तस्बिर- असार १६
आजका तस्बिर- असार १६
भारी वर्षाले कीर्तिपुरमा जलमग्न सडक ।  ठूलो पानी पर्दा कीर्तिपुरको सडक जलमग्न भएपछि जुत्ता खोलेर हिँड्दै सर्वसाधारण। तस्बिर: नारायण महर्जन/सेतोपाटी
आजका तस्बिर- असार १६
बागलुङ बजार ।  बागलुङ नगरपालिका–९ तित्याङबाट देखिएको बागलुङ बजार । वर्षाका कारण वरपरका जंगल हरियाली छाउँदा बजार आकर्षक देखिएको छ। तस्बिर: डम्मर बुढा मगर/रासस
आजका तस्बिर- असार १६
कुहिरोले ढाकेको वीरेन्द्रनगर ।  सुर्खेतको वीरेन्द्रनगर-१४ सिद्धपाइलाबाट देखिएको कुहिरोले ढाकेको वीरेन्द्रनगर बजार। तस्बिर सुरेश आचार्य/रासस
आजका तस्बिर- असार १६
भेरी नदीको झोलुंगेपुल ।  वनगाड कुपिण्डे नगरपालिका–कारागाउँ सल्यान र सुर्खेत सिम्ता गाउँपालिका जोड्ने भेरी नदीको झोलुंगेपुल। सो पुल निर्माण सँगै यहाँका सर्वसाधारणहरू डुंगा तरेर नदी पार गर्नुपर्ने बाध्यता हटेको छ। तस्बिर: हेमन्त केसी/रासस
आजका तस्बिर- असार १६
चैनपुर बजार ।  संखुवासभाको पहिलो व्यापारिक केन्द्र तथा एतिहासिक नगरी चैनपुर नगरपालिकाको चैनपुर बजार। तस्बिर: सुजन बज्राचार्य/रासस
प्रतिक्रिया दिनुहोस्