आजका तस्बिर- असार १८
आजका तस्बिर- असार १८
फूल राखेर सजाइयो काठमाडौंका सडक ।  काठमाडौं उपत्यकाका विभिन्न ठाउँका सडकपेटीमा फूलसहितका गमला राखिएका छन्। बिजुलीबजार, पुतलीसडक, बागबजारलगायत क्षेत्रमा फूलसहितका गमला राखिएको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- असार १८
अरुण नदी ।  सङ्खुवासभा, भोजपुर र धनकुटाको सङ्गमस्थल लेगुवा हुँदै बगेको अरुण नदी। अरुण नदी चीनको स्वशासित भूभाग तिब्बत हुँदै नेपालसम्म बहने, सप्तकोशीको प्रमुख एक सहायक नदी हो। तस्बिरः सुजन बज्राचार्य/रासस
आजका तस्बिर- असार १८
रोपाइँमा व्यस्त किसान ।  सुर्खेतको वीरेन्द्रनगर–९ लाटीकोइलीमा खेत रोप्दै किसान । तस्बिरः सुरेश आचार्य/रासस
आजका तस्बिर- असार १८
त्रिपुरासुन्दरी नगरपालिकाको प्रशासकीय केन्द्र ।  डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको प्रशासकीय केन्द्र रहेको बगर क्षेत्रलगायत प्रसिद्ध तीर्थस्थल बाला त्रिपुरासुन्दरीको मन्दिर । तस्बिरः हेमन्त केसी/रासस
आजका तस्बिर- असार १८
देवघाटधाम ।  देवघाट गाँउपालिका-१ जामुनेबाट देखिएको चितवन, नवलपुर र तनहुँको संगम देवघाटधाम वेणी क्षेत्र। यहाँ कालिगण्डकी र त्रिशुली नदी मिसिएर नारायणी हुँदै बगेको छ। तस्बिरः कृष्ण आचार्य/रासस
प्रतिक्रिया दिनुहोस्