आजका तस्बिर- असार १९
आजका तस्बिर- असार १९
पिङ बनाउँदै ।  तारा खोलाका तरामी मगरहरूको परम्परागत असारे मेलामा लिङ्गे पिङ्ग बनाउँदै युवाहरू। तस्बिर: शर्मिला रोका मगर/रासस
आजका तस्बिर- असार १९
धान खेतीले हरियाली देखिएको कांक्रे गाउँको खेत ।  काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं ३ काँक्रे गाउँमा किसानले धान खेती गरेपछि देखिएको हरियाली खेतको फाँट। तस्बिर: पेमा लामा/रासस
आजका तस्बिर- असार १९
हनुमानढोका परिसरभित्र सवारी साधन निषेध ।  काठमाडौं महानगरपालिकाले विश्व सम्पदा सूचीमा रहेको हनुमानढोका परिसरभित्र सवारी साधन निषेध गरेको छ। सम्पदाको मौलिकता जोगाउन महानगरपालिकाले उक्त निर्णय गरेको हो। हनुमानढोका परिसरभित्र सवारी साधन नहुँदा देखिएको दृश्यमा लिएको तस्बिर। तस्बिर: हरिराम भेटुवाल/रासस
आजका तस्बिर- असार १९
खच्चडमा पाइप, सिमेन्ट ढुवानी ।  डोल्पाको सदरमुकाम दुनैबाट उपल्लो डोल्पाको डोल्पोवुद्द गाउँपालिकातर्फ खच्चडमा पाइप, सिमेन्ट ढुवानी हुँदै। एक खच्चडले बोकेको पाँच दिनको ज्याला रु आठ हजार लिने गरिन्छ। तस्बिर: हेमन्त केसी/रासस
आजका तस्बिर- असार १९
हलगोरु ।  असार लागेपछि पालैपालो गाउँमा हलगोरु नारेर गोरुले खेत हिलो गर्ने र धान रोप्ने चलन छ। तस्बिर: सुशीला रेग्मी/रासस
प्रतिक्रिया दिनुहोस्