आजका तस्बिर- असार २६
आजका तस्बिर- असार २६
परम्परागत शैलीका घर ।  कास्कीको पोखरा महानगरपालिका–४ गणेशटोलमा रहेका परम्परागत शैलीमा निर्मित घर। तस्बिर: रामबहादुर थापा/रासस
आजका तस्बिर- असार २६
नर्जा झरना ।  म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा रहेको नर्जा झरना। यो झरना गुर्जा, ढोरपाटन र गुरिल्ला पदमार्गको आकर्षण हो। तस्बिर: सन्तोष गौतम/रासस
आजका तस्बिर- असार २६
दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकप्टर ।  सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं ५ स्थित लाम्जुरापास क्षेत्रमा मङ्गलबार बिहान दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकप्टर। हेलिकप्टर दुर्घटनामा छ जनाको निधन भएको छ। तस्बिर सौजन्य: नेपाल नागरिक उड्डयन प्राधिकरण/रासस
आजका तस्बिर- असार २६
महत गाउँ ।  मगर समुदायको बहुल्यता रहेको रूकुम (पूर्व) को भूमे गाउँपालिका-६ स्थित सुन्दर महत गाउँ। तस्बिर: सर्जना कार्की/रासस
आजका तस्बिर- असार २६
धान खेतको हरियाली ।  काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-५ स्थित खड्पुमा धान खेतीले हरियाली देखिएको सुन्दर फाँट। तस्बिरः पेमा लामा/रासस
प्रतिक्रिया दिनुहोस्