आजका तस्बिर- असार २८
आजका तस्बिर- असार २८
प्रधानमन्त्री प्रचण्ड ।  पत्नी वियोगमा रहेका प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' परिवारका सदस्यहरूसहित स्व.सीता दाहालको निधनमा बालुवाटारमा श्रद्धाञ्जली अर्पण गर्न तथा समवेदना दिन आउने आगन्तुकहरूसँग भेटघाट गर्दै। तस्बिर:रत्न श्रेष्ठ/रासस
आजका तस्बिर- असार २८
बूढानीलकण्ठमा भक्तजन ।  काठमाडौंको नारायण स्थानमा रहेको बूढानीलकण्ठ मन्दिरमा दर्शन गर्न आएका भक्तजन। तस्बिर: मेघनाथ पहाडी/रासस
आजका तस्बिर- असार २८
१०८ गौमुखे धारा ।  पोखरा महानगरपालिका–१७ महतगौडास्थित ऐतिहासिक धार्मिकक्षेत्र सदाशिव हरिहर मन्दिर परिसरमा निर्माण गरिएका पानीसहितको १०८ गौमुखे धारा । तस्बिर: हरिप्रसाद बाँस्तोला/रासस
आजका तस्बिर- असार २८
सुविधा सम्पन्न कोहलपुर बसपार्क ।  बाँकेको कोहलपुरमा सुविधा सम्पन्न अत्याधुनिक बसपार्क निर्माण सम्पन्न। सपिङ कम्प्लेक्ससहित निर्माण भएको उक्त बसपार्कको लागत ३० करोड ६२ लाख ७ हजार ७०१ रहेको छ। सुविधासम्पन्न उक्त बसपार्क साउनको पहिलो सातादेखि सञ्चालनमा आउने कोहलपुर नगरपालिकाले जनाएकोे छ। तस्बिरः रुपनी जिएम/रासस
आजका तस्बिर- असार २८
फुटपाथबाट हटाइएपछि सटरको पेटीमा फलफूल बेच्दै ।  बाँकेको कोहलपुर नगरपालिकाद्वार फुटपाथबाट हटाइएका केही फलफुल व्यापारी सटरको पेटीमा फलफुल बेच्दै । तस्बिर: रुपनी जिएम/रासस
प्रतिक्रिया दिनुहोस्