आजका तस्बिर- असार २९
आजका तस्बिर- असार २९
श्रद्धाञ्जली अर्पण गर्दै अमेरिकाका सहायक विदेशमन्त्री लु ।  प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पत्नी सीता दाहालको निधन भएको तेस्रो दिन शुक्रबार प्रम निवास बालुवाटारमा दिवंगत दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु। तस्बिर : प्रदीप राज वन्त/रासस
आजका तस्बिर- असार २९
गोलभेंडा बिक्री गर्न खलङ्गा लैजाँदै किसान ।  भेरी नगरपालिका वडा नं १ कालेगाउँका किसान जाजरकोट सदरमुकाम खलङ्गा बजारमा गोलभेँडा बिक्री गर्न लैजाँदै। खलङ्गामा गोलभेंडा रु ६० मा बिक्री हुने उनीहरू बताउँछन्। तस्बिरः हेमन्त केसी/रासस
आजका तस्बिर- असार २९
बोरा ओढेर परीक्षा दिन आएका बालबालिका ।  निरन्तर वर्षाका कारण विद्यालय आउन समस्या भएपछि मोरङको बेलबारी-६ स्थित महेन्द्र आधारभूत विद्यालयमा बोरा ओढेर परीक्षा दिन आएका मुसहर समुदायका बालबालिकाहरु । तस्बिरः विवेक मिश्र/ रासस
आजका तस्बिर- असार २९
रथारोहण ।  भानु जयन्तीका अवसरमा भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा शुक्रबार आयोजित कार्यक्रममा बरिष्ठ साहित्यकार द्वय प्राध्यापक दयाराम श्रेष्ठ र राजेन्द्र विमललाई रथारोहण गरिँदै। तस्बिर: रासस
आजका तस्बिर- असार २९
कीर्तिपुरको झरी ।  शुक्रबार साँझ कीर्तिपुरको जलमग्न सडक पार गरेर घरतर्फ जाँदै एक युवक। तस्बिर: नारायण महर्जन/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्