आजका तस्बिर: असार ३०
आजका तस्बिर: असार ३०
गठेमङ्गल पर्व मनाइँदै ।  नेवाः दयः दवू सुर्खेतको आयोजनामा शनिबार सुर्खेतको वीरेन्द्रनगर–९, लाटिकाइलीमा गठेमङ्गल पर्व मनाइँदै। घण्टासुर राक्षसलाई मारेर त्रास र भयबाट मुक्त भएको सम्झनास्वरूप नेवार समुदायमा यो पर्व मनाइने गरिन्छ। तस्बिरः सुरेश आचार्य/रासस
आजका तस्बिर: असार ३०
बौद्ध स्तुपा ।  काठमाडौं महानगरपालिका-६ मा अवस्थित विश्व सम्पदा सुचीमा सुचिकृत रहेको धार्मिक एवं पर्यटकीय स्थल बौद्ध स्तुपा। तस्बिर: हरिराम भेटुवाल/रासस
आजका तस्बिर: असार ३०
पानीको जोहो ।  रानीवनमा रहेको तीते पानीबाट पानी बोकेर पोखराको डेमसाइडर रानीवन जोड्ने फुस्रेखोलाको जीर्ण झोलुङ्गेपुल पार गर्दै सर्वसाधारण। तस्बिरः हरिप्रसाद बास्तोला/रासस
आजका तस्बिर: असार ३०
पाटनमा मिप्वा: लाखे ।  गथामुग: चह्रेको दिन पाटनमा देखाइएको मिप्वा: लाखे। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर: असार ३०
ग्रामीण सडकको दुरावस्था ।  उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी नगरपालिका–३, झरीथुम्कास्थित ग्रामीण सडकमा गाडी फसेपछि रोकिएका मालवाहक ट्रक। तस्बिर: भविन कार्की/रासस
प्रतिक्रिया दिनुहोस्