आजका तस्बिर- असार ३१
आजका तस्बिर- असार ३१
संसदको प्रक्रिया नै नबुझी रास्वपा र राप्रपाले वेल घेराउ गरेपछि ।  संसदको प्रक्रिया नै नबुझी रास्वपा र राप्रपाले वेल घेराउ गरेका छन्। प्रतिनिधि सभाको बैठकमा प्रक्रियागत बुझाइमा देखिएको समस्याले आइतबार बैठक १५ मिनेट अवरूद्ध हुन पुग्यो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- असार ३१
शिव मूर्तिमा रङ्गरोगन गर्दै मूर्तिकार बोहोरा ।  ऐतिहासिक धार्मिक क्षेत्र सदाशिव हरिहर मन्दिर परिसरमा निर्माण गरिएको शिव मूर्तिमा रङ्गरोगन गर्दै मूर्तिकार कमलबहादुर बोहोरा। भारतीय सेनाबाट अवकास प्राप्त बोहोराले सो क्षेत्रमा १०८ शिवलिङ्ग र १०८ गौमुखे धारा निर्माण गरेका हुन्। विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्दै स्वरोजगार बनेका छन्। तस्बिर: हरिप्रसाद बास्तोला/रासस
आजका तस्बिर- असार ३१
बिजलपुरा स्टेसनमा आइपुग्यो रेल ।  भारतको जयनगरदेखि जनकपुरधाम, कुर्था हुँदै पहिलो पटक आज महोत्तरीको भंगहास्थित बिजलपुरा स्टेसनमा आइपुगेको रेल हेर्न सर्वसाधारणको भीड। तस्बिरः अजयकुमार साह/रासस
आजका तस्बिर- असार ३१
मही पार्दै महिला ।  दाङको घोराही उपमहानगरपालिका– १५ न्युरोडस्थित एक घरकी स्थानीय महिला मही पार्दै । तस्बीर: सुशीला ओली/रासस
आजका तस्बिर- असार ३१
धानमा झार मार्ने औषधि छर्किंदै किसान ।  सुनसरीको इनरूवाका किसान रोपेको धानमा झार मार्ने औषधि छर्किंदै। धान रोपेको २४ घण्टाभित्र खेतमा औषधि छर्केेपछि झार मर्ने र उत्पादन वृद्धि हुने किसान बताउँछन् । तस्बिर: नवीन गड्तौला/रासस
प्रतिक्रिया दिनुहोस्