आजका तस्बिर- साउन २
आजका तस्बिर- साउन २
टनेलमा व्यावसायिक साग खेती ।  पोखरा महानगरपालिका–२६ का किसान रमेश श्रेष्ठले प्लाष्टिक घर (टनेलमा) गरेको साग खेती। श्रेष्ठले १८ रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। तस्बिर: रामबहादुर थापा/रासस
आजका तस्बिर- साउन २
बाँसबाट निर्मित घर ।  तनहुँको व्यास नगरपालिका–११ रामथुम्कीमा बाँसले निर्माण गरिएका घर। बाँसले निर्माण गरिएका घर अवलोकन गर्न यहाँ सर्वसाधारणको आकर्षण बढ्दो छ। तस्बिर : कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- साउन २
मदन भण्डारी लोकमार्ग ।  बङ्लाचुली गाँउपालिका-२ मर्पेसबाट देखिएको मदन भण्डारी लोकमार्ग अन्तर्गत घोराही प्युठान सडक खण्ड। पूर्व पश्चिम राजामार्गको विकल्पको रुपमा यो मार्ग निर्माण गरिएको छ। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- साउन २
माछा मार्दै ।  बाढी आएको सनवोरा नदीको धमिलो पानीमा जाल थापेर माछा मार्दै शुक्लाफाटाँ नगरपालिका-३ जोनापुर गाउँका थारु समुदायका महिला। धान रोपेर फुर्सदिला भएका महिलाहरू अधिकांश समय माछा मार्नमा व्यस्त हुने गरेका छन्। तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस
आजका तस्बिर- साउन २
बतासे र सुन्थान गाउँ ।  काभ्रेपलाञ्चोकको देवीस्थानडाँडाबाट देखिएको धुलिखेल नगरपालिका-१० आसपासमा धान खेती गरिएको हरियाली खेतको फाँटसँगै बतासे र सुन्थान गाउँ। तस्बिरः पेमा लामा/रासस
प्रतिक्रिया दिनुहोस्