आजका तस्बिर- साउन ३
आजका तस्बिर- साउन ३
मेहन्दी लगाउँदै ।  कीर्तिपुरको नयाँ बजारमा मेहन्दी लगाउँदै एक महिला। मेहन्दी लगाएको आकार अनुसार ५० रुपैयाँदेखि २०० रुपैयाँ लिने गरिएको व्यापारी बताउँछन्। तस्बिर: नारायण महर्जन/सेतोपाटी
आजका तस्बिर- साउन ३
शंकास्पद वस्तु निष्क्रिय ।  काठमाडौंको सिनामंगलमा बुधबार बिहान फेला परेको शंकास्पद वस्तु निष्क्रिय गर्दै। नेपाली सेनाले यन्त्रको प्रयोग गरी उक्त वस्तुलाई निष्क्रिय पारेको हो। तस्बिर नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- साउन ३
महानगरको डोजर ।  अनामनगरस्थित भद्रकुमारी घले सेवा सदनमा काठमाडाैं महानगरपालिकाले चलायो डोजर। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- साउन ३
सूर्योदयको दृश्य ।  तनहुँको पर्यटकीय नगरी बन्दीपुरको टुँडिखेलबाट देखिएको सूर्योदयको दृश्य। बन्दीपुर स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्यस्थल हो। तस्बिर: कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- साउन ३
बुढीगण्डकी नदी ।  गोरखाको गण्डकी गाउँपालिका–८ सिउरेनिटारस्थित बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालय उद्घाटन गर्न जाँदा बुढीगण्डकी नदीको अवलोकनका क्रममा बुधबार हेलिकप्टरबाट लिएको बुढीगण्डकी नदी र आसपास क्षेत्रको दृश्य। तस्बिर: प्रदीपराज वन्त/रासस
प्रतिक्रिया दिनुहोस्