आजका तस्बिर- साउन ४
आजका तस्बिर- साउन ४
प्रदर्शनकारी नियन्त्रणमा ।  काठमाडौंको नयाँ बानेश्वरमा बिहीबार निषेधित क्षेत्र तोडेर आन्दोलनमा उत्रिएका मिटरब्याज पीडितलाई नियन्त्रणमा लिँदै प्रहरी। तस्बिर: नवीनबाबु गुरूङ
आजका तस्बिर- साउन ४
राष्ट्र बैंकको टक्सार महाशाखामा पुर्‍याइयो सुन ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा पुर्‍याइएको छ।बिहीबार दिउँसो राजश्व अनुसन्धानको कार्यालयबाट सुन बबरमहलस्थित टक्सार महाशाखामा पुर्‍याइएको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- साउन ४
सुर्खेतको वीरेन्द्रनगरस्थित रत्नराजमार्ग र आसपासको क्षेत्र ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित रत्नराजमार्ग र आसपासको क्षेत्र । प्रदेश राजधानी भएसँगै यहाँ बस्ती विकास तिव्ररुपमा भइरहेको छ। तस्वीर: सुरेश आचार्य/रासस
आजका तस्बिर- साउन ४
पहिरोले खानेपानी अवरूद्ध ।  सुर्खेत उपत्यकामा वितरण हुने मुख्य पाइप लाइनलाई पहिरोले पुर्‍याएको क्षति। सुर्खेतको वीरेन्द्रनगर–१३ भञ्जाङ्गमा झुप्राखोलाबाट आउने खानेपानीको मुख्य पाइपलाइन पहिरोले भत्कँदा १५ दिनदेखि खानेपानी अवरूद्ध भएको छ। तस्बिर: सुरेश आचार्य/रासस
आजका तस्बिर- साउन ४
बारपाक–भूकम्प स्मृति उद्यान ।  गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१, स्थित गोरखा भूकम्पको केन्द्रविन्दु बारपाकमा निर्माण गरिएको भूकम्प स्मृति उद्यान। भूकम्प ज्यान गुमाएकाहरूको नामावली प्राप्त हुन नसक्दा स्मृति उद्यान निर्माण सम्पन्न हुन सकेको छैन। तस्बिर: दीपक श्रेष्ठ/रासस
प्रतिक्रिया दिनुहोस्