आजका तस्बिर- साउन ५
आजका तस्बिर- साउन ५
सचेतना ।  काठमाडौंको नयाँ बानेश्वरमा सचेतना कार्ड बोकेर ड्युटी गर्दै जनपद प्रहरी। उनले आकाशे पुलबाट बाटो काट्न सचेत गराएका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- साउन ५
रंगिएको चाँगुनारायण ।  विश्व सम्पदामा सूचीकृत चाँगुनारायण मन्दिरमा रंगरोगन गरिएको छ। चाँगुनारायण मन्दिर ६२ वर्षपछि रंगिएको हो। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- साउन ५
जोखिपूर्ण यात्रा ।  बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–१ तुम्डाँडाबाट सिसाखानीतर्फको ग्रामीण सडकमा पहिरोका कारण साँघुरो सडकमा जोखिम मोलेर पार गर्दै गरेको सवारीसाधन। बर्खाका कारण ग्रामीण सडकहरु जोखिमपूर्ण बनेका छन्। तस्बिर: खेमराज गौतम/रासस
आजका तस्बिर- साउन ५
धादिङ बजार र आसपासको सुन्दर दृश्य ।  लिकप्टरबाट खिचिएको धादिङ बजार र आसपासको सुन्दर दृश्य। तस्बिर: प्रदीपराज वन्त/रासस
आजका तस्बिर- साउन ५
आहाराको खोजीमा बकुला ।  दाङको घोराही उपमहानगरपालिका– ७ का किसानले लगाएको धान खेतमा आहाराको खोजीमा आएका बकुलाको बथान। खेतमा बकुला कीराफट्ङग्रा खोजेर खान आएका हुन्। तस्बीर : सुशीला ओली/रासस
प्रतिक्रिया दिनुहोस्