आजका तस्बिर: साउन ६
आजका तस्बिर: साउन ६
निकुञ्जभित्र निर्माण गरिएको मचान ।  बाँके राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र पर्यटकहरुलाई लक्षित गरी सहज र सुरक्षित रुपमा निकुञ्जमा रहेका वन्यजन्तुहरुको दृश्यावलोकन गर्न बनाइएको काठको मचान । तस्बिरः रुपनी जि एम/रासस
आजका तस्बिर: साउन ६
अम्बिकेश्वरी मन्दिर ।  घोराही उपमहानगरपालिका-१८ अम्बापुरस्थित अम्बिकेश्वरी मन्दिर । तस्बिरः कुलदीप न्यौपाने/रासस
आजका तस्बिर: साउन ६
कतै धान रोप्दै कतै पाक्दै ! ।  काभ्रेको धुलिखेल नगरपालिका वडा नं. २ अर्चले र पाँचखाल नगरपालिका वडा नं. २ गैरीको संगमस्थलमा रहेका खेतमा कतै चैते धान पाकेर पहेँलै तथा कतै भर्खरै रोपाइँ गरीएको वर्षे धानको हरियाली को सुन्दर दृश्य। तस्बिरः पेमा लामा/रासस
आजका तस्बिर: साउन ६
प्रधानमन्त्री प्रचण्ड इटली प्रस्थान ।  इटलीमा हुने एक कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर: साउन ६
फेवातालबाट जलकुम्भी झार निकाल्दै ।  पोखराको पर्यटकीय आकर्षण फेवातालमा फैलिएको जलकुम्भी झार निकाल्दै शनिबार पोखराका स्थानीय तथा विदेशी नागरिक। तस्बिर: ऋषिराम बराल/रासस
प्रतिक्रिया दिनुहोस्