आजका तस्बिर: साउन ७
आजका तस्बिर: साउन ७
नेपालकै लामो झोलुंगे पुल ।  बगलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने गरी कालिगण्डकी नदीमाथि निर्माण भएको ५६७ मिटर लामो झोलुंगे पुल। पछिल्लो समय यो पुलमा घुम्न आउनेको संख्या बढ्दै गएको छ। तस्बिर: डम्मर बुढामगर/रासस
आजका तस्बिर: साउन ७
किनारको बस्ती ।  जाजरकोट, रुकुम पश्चिम र डोल्पाको सिमानामा रहेको त्रिवेणीस्थित पहाडको फेदमा भेरी नदीको किनारमा रहेको बस्ती। शिक्षा, सञ्चार र स्वास्थ्य सेवाबाट पुरै वञ्चित भएको यो बस्तीलाई भेरी करिडोरले जोडेको छ। तस्बिर: हेमन्त केसी/रासस
आजका तस्बिर: साउन ७
लघुवित्तविरूद्ध प्रदर्शन ।  लघुवित्त संस्थाविरूद्ध आइतबार काठमाडौंमा भएको प्रदर्शन। उनीहरूले लघुवित्त खारेज गर्न माग गर्दै जुलुस निकालेका थिए। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर: साउन ७
धान गोड्दै किसान ।  तारकेश्वर नगरपालिका–१०, मनमैजुस्थित खेतमा धान गोड्द किसान । तस्बिर: हरिराम भेटुवाल/रासस
आजका तस्बिर: साउन ७
पाटेबाघलाई उद्धार ।  बाँकेको राप्ती सोनारी गाउँपालिका–६ स्थित राप्ती पीडित तथा गुलरी सामुदायिक वन उपभोक्ता समूहबाट गत आर्थिक वर्ष ०७९/०८० मा मान्छे मार्ने बाघलाई चितवन कसरामा लैजानका लागि नियन्त्रणमा लिन डार्ट गरिएको वयस्क पाटेबाघ। तस्बिर: रुपनी जिएम/रासस
प्रतिक्रिया दिनुहोस्