आजका तस्बिर: साउन ८
आजका तस्बिर: साउन ८
च्याङ्ग्रा ।  उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–२ तिलिङ गाउँका किसानले व्यावसायिक रूपमा पालेका च्याङ्ग्रा चरिचरन क्षेत्रमा चर्दै। तस्बिरः हेमन्त केसी/रासस
आजका तस्बिर: साउन ८
सौर्य मिनिग्रेट ।  उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–४ नाम्दोस्थित गाउँमा १४५ घरधुरीलाई विद्युत् सेवा पुगेको ५८ किलोवाटको सौर्य मिनिग्रेट। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको आयोजना र गाउँपालिकाको आंशिक साझेदारमा उक्त मिनिग्रेट स्थापना भएको हो। तस्बिरः हेमन्त केसी/रासस
आजका तस्बिर: साउन ८
भगवती देवीकाे मूर्ति ।  अर्घाखाँचीकाे धार्मिक पर्यटकीयस्थल अर्घा भगवती मन्दिरमा निर्माण गरिएको एसियाकै सबैभन्दा ठुलाे भगवती देवीकाे मूर्ति। तस्बिरः प्रेमनारायण आचार्य/रासस
आजका तस्बिर: साउन ८
बालक बेपत्ता ।  सामाखुसी रानीबारीस्थित एनसिएमटी स्कुल अगाडिको खोला। आइतबार यही खोलामा आएको बाढीमा १३ वर्षीय बालक बेपत्ता भएका छन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी।
आजका तस्बिर: साउन ८
रेशम खेती ।  गोरखाको शहिद लखन गाउँपालिका–६ स्थित ज्यामिस्वाँरामा मनकामना रेशम खेती कृषि समूहले व्यावसायिक रूपमा गरेको रेशम कीराको खेती। तस्बिर: दीपक श्रेष्ठ/रासस
प्रतिक्रिया दिनुहोस्