आजका तस्बिर- साउन ९
आजका तस्बिर- साउन ९
स्काई टावरबाट देखिएको घण्टाघर र रानीपोखरी ।  कमलादीमा हालै निर्माण गरिएको स्काई टावरबाट देखिएको घण्टाघर र रानीपोखरीको दृश्य। तस्बिर: रत्न श्रेष्ठ/रासस
आजका तस्बिर- साउन ९
नारायणीमा माछा मार्दै स्थानीय ।  नारायणी नदीमा मंगलबार जोखिम मोलेर माछा मार्दै स्थानीयवासी। लगातारको पानीले नारायणी नदीमा पानीको बहाब बढेको छ। तस्बिरः कृष्ण आचार्य/रासस
आजका तस्बिर- साउन ९
धान खेतमा बाढी ।  वर्षाका कारण आएको बाढीले घोराही–१७, ओखरास्थित किसानको धानबालीमा पुर्‍याएको क्षति। तस्बिरः कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- साउन ९
बौद्धनाथ स्तूप ।  हवाई जहाजबाट मङ्गलबार लिएको विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौंको बौद्धनाथ स्तूप र त्यस आसपासको क्षेत्र। तस्बिर: रत्न श्रेष्ठ/रासस
आजका तस्बिर- साउन ९
पर्यटकीयस्थल धन्द्रे गहिरा ।  भोजपुरको टेम्केमैयुङ गाउँपालिका-५ मझौलेमा रहेको पर्यटकीयस्थल धन्द्रे गहिरा। तस्बिर: युवराज विष्ट, भोजपुर/रासस
प्रतिक्रिया दिनुहोस्