आजका तस्बिर- साउन २६
आजका तस्बिर- साउन २६
एमालेको अवरोध ।  प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले प्रतिनिधि सभाको शुक्रबारको बैठक अवरोध गरेका छन्। उनीहरूले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै नाराबाजी र वेल घेराउ गरेका हुन्। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- साउन २६
अभिवादन! ।  नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा पक्राउ परेका कांग्रेस सांसद सुनिल शर्मालाई म्याद थपका लागि सरकारी वकिल कार्यालय लगिएको छ। सिआइबीले उनीसहित ६ जनालाई म्याद थपका लागि लगेको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- साउन २६
तरकारीमा विषादी छर्दै ।  घोराही उपमहानगरपालिका १३ मौलाकोटस्थित स्थानीय महिला तरकारी खेतीमा कीटनाशक विषादी छर्दै। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- साउन २६
हिलोमा फसेको गाडी धकेल्दै यात्रुहरू ।  म्याग्दीको रघुगंगा गाउँपालिका–२ को रिसिनचौतारीदेखि बैसरी जोड्ने उकालो सडकको हिलोमा फसेको गाडी धकेल्दै यात्रुहरू। बैसरीमा पहिरो खसेर बेनी–जोमसोम सडक अवरुद्ध भएपछि जिप र मोटरसाइकलले प्रयोग गर्ने बैकल्पिक सडक पनि जिर्ण हुदाँ समस्या भएको छ । तस्बिर: सन्तोष गौतम/रासस
आजका तस्बिर- साउन २६
थारु समुदायको मृत्यु संस्कार ।  घोराही उपमहानगरपालिका–१७, बेलभार गाउँका ७४ वर्षीया स्व. पिरलाल थारुको सातौं पुण्यतिथिको दिन आज खोलामा नुहाउन जाँदै थारु समुदायका महिला। थारु समुदायमा मृत्युको दिन र शुद्धशान्तिका दिन परापूर्वकालदेखि गाउँभरिका महिला जम्मा भएर टाउकोमा भाँडा बोकेर खोलामा नुहाउन जाने परम्परा छ। तस्बिर: कुलदीप न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्