आजका तस्बिर- साउन ३०
आजका तस्बिर- साउन ३०
ब्रेक शुबाट निकालिएको सुन बिस्कुट आकारको बनाउँदै टक्सार महाशाखा ।  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु भित्रको सुन निकालेर गाल्न थालेको छ। मंगलबार बिहानदेखि सुन गाल्ने काम सुरू भएको छ। सुन गालेर अहिले बिस्कुटको आकारको बनाइँदैछ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- साउन ३०
धान गोड्दै किसान ।  सुनसरीको इनरुवा–४ का किसान खेतमा धान गोड्दै। तस्बिर: नवीन गड्तौला/रासस
आजका तस्बिर- साउन ३०
सडकको बीचमा रूख ।  मोरङको पथरी जाँते ज्यामिरे सडकअन्तर्गत पथरी जाँते सडकको बीच भागमा रहेको रूख। उक्त रूख नहटाए सवारी साधन सञ्चालनमा समस्या हुने भएकाले रूख हटाएरमात्र कालोपत्र गर्नुपर्ने सवारी चालक बताउँछन्। तस्बिरः गोपाल काफ्ले/रासस
आजका तस्बिर- साउन ३०
चखुंञ्चा खोला ।  काठमाडौं महानगरपालिकाले कपनमा चखुंञ्चा खोलामा डोजर लगाएर पुरिएको ढल निकालेर खोला खोल्ने क्रममा हिमपाइप र ढल फुटाउँदा निस्केको फलाम खोज्दै। तस्बिरः हरिराम भेटुवाल/रासस
आजका तस्बिर- साउन ३०
जोखिम मोलेर बालुवा निकाल्दै ।  कालीगण्डकी नदीमा ज्यान जोखिममा राखेर बालुवा निकाल्दै मजदुर । बागलुङ र पर्वतको सिमानामा पर्ने मालढुङ्गामा स्थानीय मजदुरले जीविकोपार्जनका लागि वर्षौँ बालुवा निकाल्दै आएका छन् । तस्बिर: डम्मर बुढामगर/रासस
प्रतिक्रिया दिनुहोस्