आजका तस्बिर- साउन ३२
आजका तस्बिर- साउन ३२
अत्याधुनिक विद्यालय भवन ।  दोलखाको भिमेश्वर नगरपालिका-५ जिलुमा चीन सरकारको सहयोगमा हालै निमार्ण सम्पन्न भएको सर्व माध्यमिक विद्यालयको अत्याधुनिक भवन । तस्बिर:गोकर्णप्रसाद भण्डारी/रासस
आजका तस्बिर- साउन ३२
शौचालयको 'सेप्टिक ट्याङ्की'मा खसेर मरेको हात्ती निकालिँदै ।  शुक्लाफाँटा नगरपालिका ७ कालापानीस्थित वातावरण मध्यवर्ती सामुदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको 'सेप्टिक ट्याङ्की'मा खसेर बिहीबार मरेको जङ्गली हात्ती व्याकहो लोडरको सहायताले निकालिँदै। तस्बिर: राजेन्द्रप्रसाद पनेरु/रासस
आजका तस्बिर- साउन ३२
हवाई उडान नहुँदा.... ।  हुम्लामा हवाई उडान नहुँदा पैदल मार्गबाट सिमकोटका पसल व्यवसायीको सरसामान खच्चडबाट ढुवानी गरिँदै। तस्बिर: दाने बोहरा/रासस
आजका तस्बिर- साउन ३२
मेलाका लागि तयारी गरिँदै ।  जनै पूर्णिमा पर्वका अवसरमा लाग्ने रसुवा जिल्लाको पवित्र तीर्थ गोसाइँकुण्डमा लाग्ने विशेष मेला भर्न जाने यात्रुका लागि भोजनको व्यवस्थापन मिलाउन सरसामग्री ढुवानी गर्दै खच्चड। तस्बिर: ज्ञानेन्द्र न्योपाने/रासस
आजका तस्बिर- साउन ३२
माछा मार्दै ।  दाङको घोराही उपमहानगरपालिका-१६ गरुवागाउँका स्थानीय थारु महिला खोलामा माछा मार्दै। तस्बिर: कुलदीप न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्