आजका तस्बिर- भदौ ५
आजका तस्बिर- भदौ ५
ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन सिआइबीले बुझायो सरकारी वकिल कार्यालयलाई ।  नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवास प्रकरणमा गरेको अनुसन्धानको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई बुझाएको छ। मंगलबार बिहान सिआइबीको टोलीले प्रतिवेदन बुझाएको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- भदौ ५
फोटो खिचम् न! ।  प्रतिनिधि सभा बैठक स्थगित भएपछि संसद भवन परिसरमा एमाले सांसद योगेश भट्टराईसँग फोटो खिचाउँदै एक युवक। तस्बिर: नवीनबाबु गुरूङ
आजका तस्बिर- भदौ ५
शपथ लिँदै ।  शपथ लिँदै नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ खुवाएका हुन्। तस्बिर: सेतोपाटी
आजका तस्बिर- भदौ ५
श्रेष्ठले सम्हाले प्रधानन्यायाधीशको कार्यभार ।  नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पदभार सम्हालेका छन्। मंगलबार दिउँसो शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएपछि श्रेष्ठले रामशाह पथमा रहेको सर्वोच्च अदालतमा आएर श्रेष्ठले पदभार सम्हालेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- भदौ ५
थारु पहिरनमा युवती ।  चितवनको सौराहास्थित थारू कल्चर हाउसमा आयोजित कार्यक्रममा थारू वेशभूषामा सजिएर सहभागी भएका युवतीलगायत। तस्बिरः कृष्ण आचार्य/रासस
प्रतिक्रिया दिनुहोस्