आजका तस्बिर- भदौ ८
आजका तस्बिर- भदौ ८
इन्जिनियरिङ पढाइको शुल्क वृद्धिविरूद्ध सडकमा विद्यार्थी ।  त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) ले दोब्बरभन्दा बढीले स्नातक तहको शुल्क वृद्धि गरेपछि आन्दोलनमा उत्रिएका एक विद्यार्थी। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- भदौ ८
परीक्षा दिन जाँदै परीक्षार्थी ।  निरन्तर वर्षाका कारण हेलम्बु राजमार्गको मेलम्ची–११, सिमखेतस्थित सडक खोलाले क्षति पुर्‍याएपछि हिलोको प्रवाह नगरी आज हेलम्बु–४ ग्याल्थुममा स्नातक तहअन्तर्गत बिएड दोस्रो वर्षको परीक्षा दिन जाँदै परीक्षार्थी। तस्बिरःदेवराज सुवेदी/रासस
आजका तस्बिर- भदौ ८
गुमी गाउँ ।  सुर्खेतको गुर्भाकोट नगरपालिका–१४ मा रहेको गुमी गाउँ। तस्बिरः सुरेश आचार्य/रासस
आजका तस्बिर- भदौ ८
हिलाम्यका कारण थन्किए विद्युतीय सवारी साधन ।  नेपाली व्यवसायीले आयात गरेको ४०० भन्दा बढी विद्युतीय साना सवारी साधन सडक मार्गमा अत्यधिक हिलाम्य कारण रसुवागढी नाकाको टिमुरे र घट्टेखोलामा थन्किए। सडक असहज भएका कारण कार जीप काठमाडौं लान नसक्दा एक अर्बभन्दा बढीको राजस्व असुलीमा समेत बाधा पुगेको भन्सार अधिकारी रामप्रसाद पाठकले बताए। तस्बिर: ज्ञानेन्द्र न्यौपाने/रासस
आजका तस्बिर- भदौ ८
काठको अस्थायी पुल ।  मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ मा रहेको चराङखोलामा स्थानीय प्रविधिको प्रयोग गरेर बनाइएको काठको अस्थायी पुल। साउन २८ गतेको बाढीले बगाएको अस्थायी पुल लोघकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाले पुनर्निर्माण गरेर जोमसोम–कोरला सडकमा शुक्रबारदेखि सिधा यातायात सञ्चालन गरेका छन्। तस्बिर: सन्तोष गौतम/रासस
प्रतिक्रिया दिनुहोस्