आजका तस्बिर- भदौ १६
आजका तस्बिर- भदौ १६
काठमाडौंको टोखामा गाईजात्रा सपारु भोलिपल्ट रोपाइँ जात्रामा टोखा बजारमा धाक प्याखं नाच नचाउँदै टोखाका नेवारी समुदाय। तस्बिर: हरिराम भेटुवाल/रासस ।  रोपाइँ जात्रामा धाक प्याखं
आजका तस्बिर- भदौ १६
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीयस्थल घोडेपानीमा स्थानीय आमा समूहले सञ्चालन गरेको पुनहिल घोडेपानी संग्रहालयमा राखिएका परम्परागत सामग्री। यो संग्राहलय पर्यटकको आकर्षण बनेको छ। तस्बिर: कमल खत्री/रासस ।  पुनहिल संग्रहालय
आजका तस्बिर- भदौ १६
सुनसरीको इटहरीस्थित जलाशयमा फुलेको गुलाफी रङको कमलकाे फूल। तस्बिर: नवीन गड्तौला/रासस ।  कमलको फूल
आजका तस्बिर- भदौ १६
पोखराको पालिखे चोकमा रहेको ढुङ्गेधारा। स्थानीय समुदायले परम्परागत ढुङ्गेधाराको संरक्षण गरेका हुन्। तस्बिर: रामबहादुर थापा/रासस ।  ढुङ्गेधारा
आजका तस्बिर- भदौ १६
बागलुङ नगरपालिका–१ रामरेखा र पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने ५६७ मिटर लामो गण्डकी 'गोल्डेन वृज'मा शुक्रबार साँझ देखिएको बत्तीको झिलिमिली । पुलको सौन्दर्यता बढाउन बागलुङ नगरपालिकाले झोलुङ्गे पुलमा बत्ती जडान गरेको छ। तस्बिर: खेमराज गौतम/रासस ।  झोलुङ्गे पुलमा झिलिमिली
प्रतिक्रिया दिनुहोस्