आजका तस्बिर- असोज ९
आजका तस्बिर- असोज ९
स्वेत भैरवको मूर्तिमा रङ लगाइँदै ।  य:सिं उठाएसँगै बसन्तपुर दरबार स्क्वायरमा रहेको स्वेत भैरवको मूर्तिमा रङ लगाउँदै पुजारी। तस्बिर: नारायण महर्जन/सेतोपाटी
आजका तस्बिर- असोज ९
चिकित्सक कुटेको विरोधमा माइतीघरमा प्रदर्शन ।  डाक्टरमाथि कुटपिट गरेको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ। मंगलबार काठमाडौंको माइतीघर मण्डलमा चिकित्सकहरूले विरोध प्रदर्शन गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- असोज ९
राहत शिक्षकहरूले सिठ्ठी फुकेर गरे विरोध ।  राहत शिक्षकहरूले सिठ्ठी फुकेर प्रदर्शन गरेका छन्। काठमाडौंको माइतीघर मण्डलमा राहत शिक्षकहरूले मंगलबार सिठ्ठी फुकेर प्रदर्शन गरेका हुन्। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- असोज ९
य:सिं ठड्याएर सुरू भयो इन्द्रजात्रा ।  काठमाडौं उपत्यकामा इन्द्रजात्रा सुरू भएको छ। मंगलबार बिहान काठमाडौंको बसन्तपुरस्थित हनुमानढोकामा ३६ हात लामो य:सिं ठड्याएर इन्द्रजात्राको सुरूआत गरिएको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्