आजका तस्बिर- असोज ११
आजका तस्बिर- असोज ११
तुइन तर्दै सर्वसाधारण ।  हुम्लाको सर्केगाड गाउँपालिका-२ लेप्च्यास्थित कणाली नदीमा जोखिम मोलेर तुइन तर्दै सर्वसाधारण। तस्बिरः दाने बोहरा/रासस
आजका तस्बिर- असोज ११
न्युरोडबाट हिँडेरै इन्द्रजात्रा हेर्न पुगे राष्ट्रपतिसहित सबै भिभिआइपीहरू ।  राष्ट्रपति रामचन्द्र पौडेलसहित भिभिआइपीहरू न्युरोडबाटै हिँडेर इन्द्रजात्रा हेर्न पुगेका छन्। जुद्धशम्शेरको शालिकदेखि उनीहरू बसन्तपुरसम्म हिँडेर गएका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- असोज ११
प्रधानमन्त्री प्रचण्ड मानसरोवरमा ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धार्मिक स्थल मानसरोवरमा पुगेका छन्। चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्ने कैलाश पर्वत र मानसरोवरको दर्शनका लागि बिहीबार दिउँसो प्रधानमन्त्रीसहितको टोली पुगेको थियो। तस्बिर: प्रदीपराज वन्त/रासस
आजका तस्बिर- असोज ११
सुरक्षा माग गर्दै डाक्टरहरूले गरे प्रदर्शन ।  सुरक्षाको माग गर्दै डाक्टरहरूले आज पनि प्रदर्शन गरेका छन्।काठमाडौंको बानेश्वरमा डाक्टरहरूले प्रदर्शन गरेका हुन्। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- असोज ११
पर्यटकीयस्थल भोजपुरको अरूण डाँडा ।  भोजपुरको पौवादुङमा गाउँपालिकामा–१ श्यामशिलामा पर्ने पर्यटकीयस्थल अरूण डाँडा (छिन्तालुङ)। गाउँपालिकाले यसलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरेसँगै यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि भएको छ। समुन्द्री सतहबाट दुई हजार तीन सय मिटर उचाइमा रहेको अरूण डाँडालाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा लिइने गरिन्छ। तस्बिर: युवराज विष्ट/रासस
आजका तस्बिर- असोज ११
इन्‍द्रजात्रा ।  इन्द्रजात्रामा जीवित देवता कुमारीको रथयात्रा। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्