आजका तस्बिर- असोज १२
आजका तस्बिर- असोज १२
झोलुङ्गे बनेपछि सर्वसाधारणलाई सहज ।  रूकुम पश्चिमको मुसीकोट नगरपालिका–१ बराहाटाकुरादेखि सल्ले जोड्ने झोलुङ्गे पुल। यो पुल बनेपछि वडा नम्बर १ र ३ का स्थानीय बासिन्दालाई खलङ्गादेखि सल्ले वारपार गर्न सहज भएको छ। यो पुल जिल्लाकै लामो पुल समेत हो। यसको लम्बाइ २३७ मिटर रहेको छ। तस्बिर: बलबहादुर ओली ‘बलेन्द्र’/रासस
आजका तस्बिर- असोज १२
माछापुच्छ्रे हिमाल: ।  पोखरा महानगरपालिका–२९ भण्डारढिकबाट शुक्रबार बिहान देखिएको माछापुच्छ्रे हिमाल। तस्बिर: रामबहादुर थापा/रासस
आजका तस्बिर- असोज १२
समयबजी ।  तारकेश्वर नगरपालिका-१० स्थित मनमैजुको नासलचोकमा नेवारी समुदायले विभिन्न परिकार मिसाएर बनाएको समयबजी। तस्बिर: हरिराम भेटुवाल/रासस
आजका तस्बिर- असोज १२
सूर्यास्त ।  दाङको घोराही उपमहानगरपालिका-१५ स्थित सहिद नेत्रलाल चोकबाट देखिएको सूर्यास्तको दृश्य। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- असोज १२
अनुसन्धान केन्द्रमा पाण्डा ।  चीनको सिचुआनस्थित छेन्दु पाण्डा प्रजनन् अनुसन्धान केन्द्रमा रहेका पाण्डा। तस्बिरः प्रदीपराज वन्त/रासस
प्रतिक्रिया दिनुहोस्