आजका तस्बिर- असोज १५
आजका तस्बिर- असोज १५
फेरीबाट सवारी साधन तारिँदै ।  सङ्खुवासभाको खाँदबारी नगरपालिका र भोजपुरको षडानन्द नगरपालिका जोड्ने सतिघाट हुँदै बग्ने अरूण नदीमा पक्की पुल नहुँदा फेरीबाट सवारी साधन तारिँदै। तस्बिर : सुजन बज्राचार्य/रासस
आजका तस्बिर- असोज १५
सवारीको गति मापन गर्दे ट्राफिक प्रहरी ।  नारायणगढ–मुग्लिन सडक खण्डको आँपटारीस्थित राजमार्गमा गाडिको गति मापनगर्ने यन्त्र (राडार गन)मार्फत सवारीको गति मापन गर्दै जिल्ला ट्राफिक प्रहरीका प्रमुख सुरेश सुवेदी। तस्बिर: सनद अधिकारी/रासस
आजका तस्बिर- असोज १५
कागको प्रतिमा ।  काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ स्थित गागलको लोकतान्त्रिक सहिद उधानमा रहेको कागको प्रतिमा। कागको प्रतिमाको तौल एक हजार ९४०.९५ केजी रहेको छ। तस्बिर: हरिराम भेटुवाल/रासस
आजका तस्बिर- असोज १५
डोका ।  भोजपुरको टेम्केमैयुङ–१, खम्बुखाका ७० वर्षीय चन्द्रबहादुर तामाङ आफूले बुनेर बिक्रीका लागि राखेको डोका देखाउँदै। डोका स्थानीय बजारमा प्रतिगोटा रु ३५० देखि रु ४०० मा बिक्री हुने उनी बताउनुहुन्छ। तस्बिर: युवराज विष्ट/रासस
आजका तस्बिर- असोज १५
संघीय निजामती सेवा विधेयकको विरोधमा कर्मचारीहरूले सुरू गरे आन्दोलन ।  सरकारले संघीय संसदमा दर्ता गरेको संघीय निजामती सेवा विधेयकका कतिपय व्यवस्था संशोधन गर्न माग गर्दै कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्। स्थानीय तहका कर्मचारीहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलमा विभिन्न मागसहित धर्ना दिएका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- असोज १५
गौशाला प्रहरी चौकी घेर्न गए आन्दोलनरत डाक्टरहरू ।  आन्दोलनरत डाक्टरहरू काठमाडौंको गौशालास्थित चौकी घेर्न गएका छन्। सिनामंगलस्थित केएमसी अस्पतालका एक जना डाक्टरमाथि आइतबार कुटपिट भएपछि अस्पतालमा कार्यरत डाक्टरहरू आन्दोलनमा छन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्