आजका तस्बिर- असोज १६
आजका तस्बिर- असोज १६
पशु चौपायालाई घाँस ल्याइँदै ।  दाङको घोराही उपमहानगरपालिका–३ बेलुवाकी स्थानीय थारू महिला पशु चौपायलाई बारीबाट घाँस काटेर गैजामा राखेर ल्याउँदै। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- असोज १६
पृथ्वी राजमार्ग ।  पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा फराकिलो बनाइएको सडक । मुग्लिन पोखरा सडक चार लेनमा विस्तारको काम भइरहेको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- असोज १६
खच्चडमा बोकाएर ल्याउँदै घाँस ।  उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाको ‘धो’ मा खच्चडमा बोकाएर ल्याउँदै घाँस । हिमपातको समयमा पशुचौपायलाई चरिचरण क्षेत्रमा लैजान मुस्किल पर्ने भएकाले अहिले घाँस जम्मा गरिँदै आइएको छ । तस्बिर: हेमन्त केसी/रासस
आजका तस्बिर- असोज १६
मंग हिति ।  ललितपुरको पाटनमा रहेको ऐतिहासिक ढुङ्गे धारा (मंग हिति) । यस धारामा निरन्तर मूलको पानी आइरहेको हुन्छ। तस्बिर: हरिराम भेटुवाल/रासस
आजका तस्बिर- असोज १६
अमेरिकामा इन्द्रजात्रा ।  अमेरिकाको टेक्सास राज्यको ड्यालस सहरमा गत शनिबार इन्द्रजात्रामा राखिएको सम्येबजी प्रदर्शन। तस्बिरः बोधी क्रिएसन
आजका तस्बिर- असोज १६
अमेरिकामा इन्द्रजात्रा ।  अमेरिकाको टेक्सास राज्यको ड्यालस सहरमा गत शनिबार इन्द्र जात्रा कार्यक्रममा जात्रा सुरूआत कसरी भयो भन्ने जानकारीमूलक नाटकको एक झलक। तस्बिरः बोधी क्रिएसन
प्रतिक्रिया दिनुहोस्