आजका तस्बिर- असोज १७
आजका तस्बिर- असोज १७
संघीय निजामती सेवा विधेयकको विरोधमा आज पनि प्रदर्शन ।  सरकारले संघीय संसदमा दर्ता गरेको संघीय निजामती सेवा विधेयकका कतिपय व्यवस्था संशोधन गर्न माग गर्दै आज पनि कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्। स्थानीय तहका कर्मचारीहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलमा विभिन्न मागसहित धर्ना दिएका हुन्। तस्बिर: सेतोपाटी
आजका तस्बिर- असोज १७
मानुङकोटबाट देखिएको दमौली बजार ।  तनहुँको व्यास नगरपालिका–५ मानुङकोटबाट देखिएको दमौली बजार र आसपास क्षेत्र। तस्बिरः कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- असोज १७
सडकमा पहिरो झरेपछि अलपत्रमा परेका यात्रु ।  बेनी जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको बैसरीमा गएको पहिरोका कारण बाटो अवरूद्ध भएपछि गलेश्वर पुलमा अलपत्रमा परेका यात्रु। तस्बिर: वासुदेव पौडेल/रासस
आजका तस्बिर- असोज १७
फोक्सुण्डो ताल ।  उपल्लो डोल्पास्थित शे–फोक्सुण्डो गाउँपालिकाभित्र पर्ने फोक्सुण्डो ताल। यो तालले रङ बदल्ने गर्छ। तस्बिरः हेमन्त केसी/रासस
आजका तस्बिर- असोज १७
बेनी बजारको दृश्य ।  म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीबाट देखिएको म्याग्दी नदी, सदरमुकाम बेनी बजार र आसपासको दृश्य। तस्बिर: कमल खत्री/रासस
प्रतिक्रिया दिनुहोस्