आजका तस्बिर- असोज २१
आजका तस्बिर- असोज २१
बेगनास तालमा मनोरञ्जन लिँदै पर्यटक ।  कास्कीको पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा मोटरबोटमा सयर गर्दै आन्तरिक पर्यटक। तस्बिर: रामबहादुर थापा/रासस
आजका तस्बिर- असोज २१
मूर्ति विसर्जन गर्न लगिँदै ।  सुनसरीको इनरुवामा आइतबार जितिया पर्वमा पूजा गरिएका भगवानका मूर्ति विसर्जन गर्न लैजाँदै। तस्बिर: नवीन गड्तौला/रासस
आजका तस्बिर- असोज २१
झोलुङ्गे पुल ।  कास्कीको पोखरा महानगरपालिका र रूपा गाउँपालिका जोड्ने गरी रूपातालमाथि बनाइएको झोलुङ्गे पुल। दुई सय ६९ मिटर लामो उक्त पुल गण्डकी प्रदेश सरकारको लगानीमा बनेको हो । तस्बिर : रामबहादुर थापा/रासस
आजका तस्बिर- असोज २१
बार्दलीमा मकै ।  स्याङ्जाको चापाकोट नगरपालिका-१० बारीकुनास्थित एक घरको बार्दलीमा राखिएको मकै । किरा लाग्नबाट जोगाउन झुत्ता बनाएर गाउँघरमा यसरी मकै राख्ने प्रचलन छ । तस्बिर : तोलाकान्त बगाले/रासस
आजका तस्बिर- असोज २१
दसैँलाई भेंडाहरू बजारतर्फ लैजाँदै ।  मुस्ताङको बुकी क्षेत्रमा पालन गरिएका भेंडाहरू दसैंलाई लक्षित गरेर बजारतर्फ ल्याइँदै। हिमाली बुकी क्षेत्रमा पालन गरिने भेडाच्याङ्ग्रा दसैँलगायतका ठूला चाडपर्वमा धेरै खपत हुने गर्छ। तस्बिर: कमल खत्री/रासस
प्रतिक्रिया दिनुहोस्