आजका तस्बिर- असोज २४
आजका तस्बिर- असोज २४
सांगीतिक प्रस्तुति दिँदै प्रहरी ।  नेपाल प्रहरीको ६८ औं प्रहरी दिवसको उपलक्ष्यमा पाटन दरबार स्क्वायरमा सांगीतिक प्रस्तुति दिँदै प्रहरी। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- असोज २४
रिगलको आममाफीविरूद्ध माइतीघरमा प्रदर्शन ।  व्यक्ति हत्यामा दोषी ठहर भई सजाय काटिरहेका बाँकेका ‘रिगल’ भनिने योगराज ढकालको आममाफीको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ। रिगलले हत्या गरेका चेतन मानन्धरकी श्रीमती भारती मानन्धर, अभियान्ता ईः र सुमन सायमी लगायतको उपस्थितिमा माइतीघरमा प्रदर्शन भएको हो। तस्बिर: निशा भण्डारी
आजका तस्बिर- असोज २४
कास्कीको भ्यु पोइन्टबाट देखिएको दृश्य ।  कास्कीको पर्यटकीय गाउँ घान्द्रुकको भ्यु पोइन्टबाट देखिएको दृश्य। तस्बिर: जमुना वर्षा शर्मा/रासस
आजका तस्बिर- असोज २४
पाक्न लागेको धानबाली ।  भेरी करिडोरभित्र रहेको सुर्खेतको सिम्ता गाउँपालिका –३ बार्यखर्कमा लगाएको धानबाली। पाक्ने तयारीमा रहेका धानबाली यस क्षेत्रमा मुख्यबाली हो। तस्बिर: हेमन्त केसी/रासस
आजका तस्बिर- असोज २४
अस्थायी पुल ।  मेलम्ची–११ फट्टेमा मेलम्ची नगरपालिकाद्वारा अस्थायी पुल निर्माण गर्दै । विसं २०७८ असारको बाढीले यहाँको पक्की पुल बगाएको थियो। तस्बिर: देवराज सुवेदी/रासस
प्रतिक्रिया दिनुहोस्