आजका तस्बिर- असोज २६
आजका तस्बिर- असोज २६
इजरायलबाट फर्किए नेपाली ।  युद्धग्रस्त इजरायलबाट २५३ जना नेपाली स्वदेश फर्किएका छन्। बिहीबार तेल अभिभबाट नेपाली लिएर उडेको जहाज आज बिहान ३ बजे विमानस्थल अवतरण गरेको हो। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- असोज २६
डुंगामा सयर गर्दै भारतीय पर्यटक ।  पोखराको फेवातालमा डुंगामा सयर गर्दै भारतीय पर्यटक। तस्बिर: राधिका कँडेल/रासस
आजका तस्बिर- असोज २६
ढुंगामा तनहुँको नक्सा ।  जिल्ला प्रहरी कार्यालय तनहुँ हाताभित्र रहेको ढुंगामा कोरिएको तनहुँको नक्सा। तस्बिर:कृष्ण न्यौपाने/ रासस
आजका तस्बिर- असोज २६
सजाइएको पण्डाल ।  दसैं नजिकिएसँगै मधेश प्रदेशको राजधानी जनकपुरधाममा अवस्थित राजा जनकको कुलदेवी माता राजदेवी मन्दिरको मुख्यद्वार सजाइएको पण्डाल। तस्बिर: निरञ्जनकुमार साह/रासस
आजका तस्बिर- असोज २६
माछा मार्न जाँदै ।  हेल्का बोकेर स्थानीय गुर्जे खोलामा माछा मार्न जाँदै घोराही उपमहानगरपालिका –१३ स्थित सेवार बनगाउँका थारू महिला। तस्बिरः कुलदीप न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्