आजका तस्बिर- असोज २८
आजका तस्बिर- असोज २८
घटस्थापना ।  वडा दशैंको पहिलो दिन घटस्थापनामा जमरा राख्दै एक महिला तस्बिरः नारायण महर्जन/सेतोपाटी
आजका तस्बिर- असोज २८
धुलाम्मे बाटो ।  शनिबार दाङको तुलसीपुरदेखि रोल्पाको जिनावाङ जाने क्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको स्कटिङमा धुलोबाट जोगिन रेनकोट लगाई खटिएका प्रहरी । रोकिएको ठाउँमा गाडीबाट झरेर धुलो झारेपछि। तस्बिरः नारायण खड्का/सेतोपाटी ।
आजका तस्बिर- असोज २८
लटरम्म किबी ।  रोल्पाको गंगादेव गाउँपालिका– ३ का इन्द्रबहादुर खत्रीले विगत ३२ बर्षदेखि गर्दै आएको किबी खेती। गत बर्ष उनले किबीबाट १३ लाख बढी आम्दानी गरेका थिए। तस्बिरः नारायण खड्का/सेतोपाटी।
आजका तस्बिर- असोज २८
घाइते पाइलटलाई लगियो भारत ।  मनाङ एयरको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भई ह्याम्स अस्पतालमा उपचार गरिरहेका पाइलट प्रकाश सेडाईंलाई ‘मेडिकल स्कर्टिङ’ गरी भारत लगिँदै।
आजका तस्बिर- असोज २८
दसैँ आयो ।  घोराहीमा अध्ययनरत विद्यार्थी दसैँ, तिहार मनाउन घोराहीबाट प्यूठान घर फर्किदै। तस्बिरः कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- असोज २८
कमल ताल ।  रूकुम पूर्वको सिस्ने गाउँपालिका–५ रुकुमकोटमा अवस्थित कमल ताल। सदरमुकाममा रहेको यो ताल हेर्न दैनिक आन्तरिक तथा वाह्य पर्यटक आउने गर्छन् । तस्बिरः हेमन्त केसी/रासस
आजका तस्बिर- असोज २८
रिम्ना दोभान ।  भेरी नदी र सानीभेरी नदीले घेरिएको जाजरकोटको भेरी नगरपालिका–१ रिम्ना दोभान। तस्बिरः हेमन्त केसी/रासस
प्रतिक्रिया दिनुहोस्