आजका तस्बिर- असोज २९
आजका तस्बिर- असोज २९
नक्साल भगवती मन्दिर ।  दसैंको सुरूआत भएसँगै विभिन्न झिलिमिली बत्तीले सजाइएको काठमाडौं उपत्यकामा रहेको नक्साल भगवती मन्दिर। दसैं अवधिभर सो मन्दिरमा बिहान–साँझ पूजापाठ गर्न भक्तजनको भीड लाग्ने गर्दछन्। तस्बिर: विमलबहादुर विष्ट/रासस
आजका तस्बिर- असोज २९
बृहत् शान्ति धाम ।  काठमाडौंको तारकेश्वर नगरपालिका–२ स्थित काभ्रेस्थलीमा रहेको धार्मिक एवं पर्यटकीयस्थल बृहत् शान्ति धाम। यहाँ भगवान बद्रीनाथको मन्दिर र शिष महल रहेको छ। उक्त धाम पर्यटकको लागि काठमाडौंको राम्रो स्थल बन्दै गएको छ। तस्बिर: हरिराम भेटुवाल/रासस
आजका तस्बिर- असोज २९
गलकोट दरबार ।  बागलुङको गलकोट नगरपालिका–६ हरिचौरमा रहेको गलकोट दरबार। दरबार रङरोगन गरेर निकै आकर्षित देखिएको छ। तस्बिर: डम्मर बुढामगर/रासस
आजका तस्बिर- असोज २९
लिङ्गेपिङमा रमाउँदै बालबालिका ।  दसैंका अवसरमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती–१५ मा राखिएको लिङ्गेपिङ खेल्दै बालबालिका। तस्बिर: विष्णुप्रसाद गौडेल/रासस
आजका तस्बिर- असोज २९
खोपिचार डाँडा र भरखानी बीचमा पहाड ।  पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुम–पूर्वको सिस्ने गाउँपालिका–६ खोपिचारडाँडा र रुकुम–पश्चिम मुसीकोट नगरपालिका–८ भरखानीको बीचमा अवस्थित पहाड। उक्त पहाड बीचको सडकले रुकुमपूर्व, रुकुमपश्चिम र जाजरकोटलाई जोडेको छ। सडक कालोपत्रे नहुँदा यात्रुलाई आवागमनमा सास्ती हुँदै आएको छ । तस्बिरः हेमन्त केसी/रासस
प्रतिक्रिया दिनुहोस्