आजका तस्बिर- असोज ३०
आजका तस्बिर- असोज ३०
बौद्ध भिक्षु ।  काठमाडौंको बसन्तपुर दरबार क्षेत्रमा एक बौद्ध भिक्षु। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- असोज ३०
बाली भित्र्याउने चटारो ।  नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–३ मा थ्रेसरको सहायताले धान भित्र्याउँदै किसान। तस्बिर: विष्णुप्रसाद गौडेल/रासस
आजका तस्बिर- असोज ३०
माथिल्लो रिम्न गाउँ ।  पुष्पलाल मध्यपहाडी लोकमार्ग र भेरी करिडोरको बीचमा रहेको जाजरकोट भेरी नगरपालिका –१ माथिल्लो रिम्नगाउँ। तस्बिर: हेमन्त केसी/रासस
आजका तस्बिर- असोज ३०
मुक्तिनाथबाट कागबेनी जाँदै गरेका पर्यटक ।  मुुस्ताङको वारागुङ मुुक्तिक्षेत्र गाउँपालिकाको मुक्तिनाथदेखि कागबेनीतर्फ पैदलयात्रा गरेर जाँदै गरेका पर्यटकहरू र पृष्ठभूमिमा देखिएको थोराङला भन्ञ्याङ। मनाङदेखि पाँच हजार चार सय मिटर उचाइको थोराङ्ला भञ्ज्याङ पार गरेर मुुस्ताङको मुक्तिनाथ आउने पदमार्गमा पर्यटकको चहलपहल बढेको छ। तस्बिर: सन्तोष गौतम/रासस
आजका तस्बिर- असोज ३०
दसैं आयो! ।  थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट खसी किनेर लैजाँदै सर्वसाधारण। खाद्यले मंगलबारदेखि खसी–बोका र च्याङ्ग्रा बिक्री सुरू गरेको हो। तस्बिर: निशा भण्डारी/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्