आजका तस्बिर- कात्तिक १
आजका तस्बिर- कात्तिक १
परेवाको गुँड ।  काठमाडौंको ढल्कोस्थित विष्णुमती नदी किनारमा स्थानीयले परेवाका लागि बनाइदिएको गुँड। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- कात्तिक १
जीवित देवी कुमारीको भेषमा प्रस्तुत गर्दै कलाकार ।  नेपाली सेनाद्वारा बुधबार आयोजित संयुक्त राष्ट्र संघ दिवस २०२३ कार्यक्रममा जीवित देवी कुमारीको भेषमा प्रस्तुत गर्दै कलाकार। तस्बिर: रत्न श्रेष्ठ/रासस
आजका तस्बिर- कात्तिक १
खेल कौशल प्रदर्शन ।  नेपाली सेनाद्वारा बुधबार आयोजित संयुक्त राष्ट्र संघ दिवस २०२३ कार्यक्रममा खेल कौशल प्रदर्शन गर्दै खेलाडी। तस्बिर: रत्न श्रेष्ठ/रासस
आजका तस्बिर- कात्तिक १
थरीथरीका चंगा ।  दसैं लागेसँगै बजारमा चंगाको किनबेच बढेको छ। काठमाडौं उपत्यकामा एक सय ५० रुपैयाँदेखि चार हजार रुपैयाँ हाराहारी मूल्यका थरीथरीका चंगा पाइन्छ। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- कात्तिक १
साल्ट ट‍्रेडिङमा चिनी किन्नेको लाइन ।  दसैं सुरू भएसँगै जावलाखेलमा रहेको साल्ट ट्रेडिङमा खाद्यान्न किन्नेको लाइन लागेको छ। सुपथ मूल्यमा खाद्यान्न किन्न सर्वसाधारणहरू त्यहाँ पुग्ने गरेका हुन्। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- कात्तिक १
ढुंगाको छानो ।  रोल्पाको गंगादेव गाउँपालिका–३ जिनावाङमा परम्परागत रूपमा स्थानीय स्रोतबाट पाइने ढुंगाको प्रयोग गरी छाएको छानो। तस्बिर: नारायण खड्का/सेतोपाटी।
प्रतिक्रिया दिनुहोस्