आजका तस्बिर- कात्तिक २
आजका तस्बिर- कात्तिक २
कुँडुले फेदी ।  बागलुङ नगरपालिका–४ स्थित कुँडुले फेदी। तलपट्टि हरियाली धानफाँट र माथितिर रहेको कुँडुले गाउँले बागलुङ आउने पर्यटकलाई आकर्षित गर्ने गरेको छ। तस्बिर: डम्मर बुढामगर/रासस
आजका तस्बिर- कात्तिक २
नयाँ नेपाली नोट साट्न लामबद्ध ।  नेपाल राष्ट्र बैंक बालुवाटारमा बिहीबार नयाँ नेपाली नोट साट्नका लागि लामबद्ध सर्वसाधारण। दसैंका लागि उनीहरू नयाँ नेपाली नोट साट्न पालो कुरेर बसेका हुन्। तस्बिर: विमलबहादुर विष्ट/रासस
आजका तस्बिर- कात्तिक २
किसानलाई धान भित्र्याउन चटारो ।  काठमाडौं टोखा नगरपालिका–२ स्थित चण्डेश्वरी खेतमा किसान धानबाली काट्दै थ्रेसिन मेसिनबाट चुट्दै। अहिलेको समयमा काठमाडौं किसान धान काट्न व्यस्त देखिन्छन्। तस्बिर: हरिराम भेटुवाल/रासस
आजका तस्बिर- कात्तिक २
पोखरामा बढे बाह्य पर्यटक ।  पोखराको फेवाताल रहेको बाराही मन्दिर दर्शन गरेर फर्कन डुंगा चढ्दै भारतीय पर्यटक। पछिल्लो समय पोखरा भारतीय पर्यटकको आगमन बढेको छ। तस्बिर: जमुनावर्षा शर्मा/रासस
आजका तस्बिर- कात्तिक २
निलगिरि हिमाल ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ तातोपानीबाट बिहीबार देखिएको निलगिरि हिमाल। तस्बिर:रामबहादुर थापा/रासस
प्रतिक्रिया दिनुहोस्