आजका तस्बिर: कात्तिक ५
आजका तस्बिर: कात्तिक ५
अस्थायी बाँसको पुल ।  झापाको गौरीगञ्ज गाउँपालिका-१ रंगियाथानबाट झापा गाउँपालिका जाने कनकाई नदी तर्नका लागि निर्माण गरिएको अस्थायी बाँसको पुल। दसैं, तिहार लगायतका चाडपर्वमा स्थानीयलाई आवातजावतमा सहजता पुर्याउन अस्थायी बाँसे पुल निर्माण गरिएको हो। तस्बिरः यज्ञराज आङ्गदेम्बे / रासस
आजका तस्बिर: कात्तिक ५
शक्तिपीठको दर्शन ।  काभ्रेको पलाञ्चोक भगवतीमा दर्शन गर्दै राष्ट्रपति रामचन्द्र पौडेल। तस्बिर: राजकुमार पराजुली/रासस
आजका तस्बिर: कात्तिक ५
दसैंमा विदेश ।  दसैंमा मानिसहरू काठमाडौंबाट आफ्नो परिवारसँग पर्व मनाउन घर फर्किरहँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जान लाग्दा भावुक भएकी एक युवती। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटफ
आजका तस्बिर: कात्तिक ५
विद्यार्थीको शव ।  इजरायलमा प्यालेस्टाइनी इस्लामिक समूह हमासको आक्रमणबाट ज्यान गुमाएका तीन नेपाली विद्यार्थीको शव काठमाडौं ल्याइएको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर: कात्तिक ५
पिङ खेल्दै ।  पोखरा महानगरपालिका-११ काहुँडाडामा लिङ्गे पिङ खेल्दै स्थानीय। तस्बिरः राधिका कँडेल / रासस
प्रतिक्रिया दिनुहोस्