आजका तस्बिरः कात्तिक ८
आजका तस्बिरः कात्तिक ८
देवीको मूर्ति बिसर्जन ।  महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–२ महेन्द्रचोकमा बडादसैंको अवसरमा निर्मित दुर्गा माताको मूर्ति बुधबार बिसर्जनका लागि लगिँदै। तस्बिरः सञ्जीतकुमार मण्डल/रासस
आजका तस्बिरः कात्तिक ८
छन्त्यालको पुर्ख्यौली नाच ।  म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिमका छन्त्याल समुदाय ताकमकोतमा बडादसैंको अवसरमा पुुर्ख्यौली नाच प्रदर्शन गर्दै। छन्त्याल समुदायले चाडपर्व, विवाह, छेवर, किरीयामा मौलिक पुुर्ख्यौली नाच प्रदर्शन गर्छन्। तस्बिरः सन्तोष गौतम/रासस
आजका तस्बिरः कात्तिक ८
बिरामीलाई टीका ।  चितवन मेडिकल कलेजमा उपचाररत बिरामीलाई अस्पतालको बेडमा बुधबार दसैंको टीका लगाइँदिँदै नर्स। तस्बिरः कृष्ण आचाय/रासस
आजका तस्बिरः कात्तिक ८
सखिया नृत्य ।  दसैंको अवसरमा विशेष नृत्य सखिया देखाउँदै कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका– ३ पिपलाडीका थारू महिलाहरू।यो नृत्य गाउँका सबैका घर पुगेर देखाइन्छ। तान्त्रिक विधिबाट नृत्यको प्रारम्भ र अन्त्य गरिन्छ। तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस
प्रतिक्रिया दिनुहोस्