आजका तस्बिर: मंसिर ६
आजका तस्बिर: मंसिर ६
निषेधित क्षेत्र ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंले ३० दिनका लागि माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र तोकेपछि खटिएका सुरक्षाकर्मी। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर: मंसिर ६
जलेवा चरा ।  दाङको घोराही उपमहानगरपालिका-१७ कर्जाहीस्थित जलाशयमा जाडो छल्न आएका जलेवा चरा। जलेवाको मुख्य आहारा माछा भएकाले यिनिहरू नदी, जलाशय नजिक बस्ने गर्छन्। तस्बिरः कुलदीप न्यौपाने/रासस
आजका तस्बिर: मंसिर ६
तोरीखेती ।  सिम्ता गाउँपालिकाको सुर्खेत राकमा लगाएको तोरीबाली। तस्बिर: हेमन्त केसी/रासस
आजका तस्बिर: मंसिर ६
लेते र मानापाथी हिमाल ।  मुस्ताङको थासाङ गाउँपालिका–३ लेते स्थित कालोपत्र सडकमा मानापाथी हिमाललाई पृष्ठभूमिमा पारेर तस्बिर खिचाउँदै आन्तरिक पर्यटक। तस्बिर: सन्तोष गौतम/रासस
आजका तस्बिर: मंसिर ६
प्रधानमन्त्री कार्यकक्ष ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सवलीकरण गरी पुनःनिर्माण गरिएको सिंहदरबारको प्रधानमन्त्री कार्यकक्षमा बुधबार प्रवेश गर्दै। विसं २०७२ को भूकम्पले सो भवनमा क्षति पुर्या‍एको थियो। तस्बिरः प्रदीपराज वन्त/रासस
प्रतिक्रिया दिनुहोस्