आजका तस्बिर- मंसिर ९
आजका तस्बिर- मंसिर ९
बिस्कुट र पानीको भरमा सिफलचौरको प्रदर्शनमा आएकाहरू ।  बिस्कुट र पानीको भरमा सिफलचौरको प्रदर्शनमा प्रदर्शनकारी आएका छन्। प्रशासनले प्रदर्शनका लागि सिफलचौर तोकिदिएपछि प्रसाईं पक्षधरहरू शनिबार बिहानैदेखि सिफलचौर भेला भएका थिए। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- मंसिर ९
कात्तिक नाच ।  हरेक वर्ष पाटन दरबार परिसरको कात्तिक डबलीमा प्रदर्शन हुने ललितपुरको लोकप्रसिद्ब परम्परागत तथा ऐतिहासिक कात्तिक नाच प्रदर्शनको सातौँ दिन शुक्रबार मध्यराति हिरण्य वधको नृत्य गर्दै कलाकार । यो नाच करिब ३८३ वर्ष अघिदेखि निरन्तर प्रदर्शन हुँदै आएको बताइन्छ। तस्बिर: रत्न श्रेष्ठ/ रासस
आजका तस्बिर- मंसिर ९
खच्चरमा अलैंची ढुवानी ।  सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका –४ गोला बजारमा खच्चरमार्फत ढुवानी गरेर ल्याइएको अलैँची । यातायातको पहुँच नपुगेको दुर्गम भोटखोलामा खच्चरलाई ढुवानीको रूपमा प्रयोग गरिन्छ। तस्बिर: भविन कार्की /रासस
आजका तस्बिर- मंसिर ९
अष्टमणि चैत्य ।  पाँचपोखरी थाङ्पाल गाउँपालिका-४ स्थित पेमाछल उद्यान केन्द्र नागीथाम डाँडामा अवस्थित अष्टमणि चैत्य। तस्बिरः देवराज सुवेदी/रासस
प्रतिक्रिया दिनुहोस्