आजका तस्बिर-मंसिर १२
आजका तस्बिर-मंसिर १२
हिमश्रृंखला ।  गोरखाको भीमसेन थापा गाउँपालिका–५ को झिङटेबाट देखिएको एकीकृत मिलन बस्तीसहितको सुन्दर हिमश्रृंखला। तस्बिर: दीपक श्रेष्ठ/रासस
आजका तस्बिर-मंसिर १२
रातानाङ्ला बजार ।  सुर्खेत र दैलेखको सिमानामा रहेको गुराँस गाउँपालिका–५ स्थित रातानाङ्ला बजारको ड्रोन क्यामराबाट खिचिएको तस्बिर। यो बजार सुर्खेत, दैलेख, जाजरकोट, जुम्लाको मुख्य व्यापारिक केन्द्रसमेत हो। तस्बिर: सुरेश आचार्य/रासस
आजका तस्बिर-मंसिर १२
चन्द्रमा ।  दाङको घोराही उपमहानगरपालिका–१८ स्थित घोरदौराबाट मङ्गलबार बिहान देखिएको चन्द्रमाको दृश्य। तस्बिर:कुलदीप न्यौपाने/रासस
आजका तस्बिर-मंसिर १२
सिंहदरबारको आर्ट ग्यालरी अवलोकन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारको आर्ट ग्यालरी अवलोकन गर्दै। तस्बिर: प्रदीपराज वन्त/रासस
आजका तस्बिर-मंसिर १२
सात प्रदेशका गृहमन्त्री ।  प्रहरी समायोजनमा दबाब दिन सातै प्रदेशका गृहमन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काठमाडौंको बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेट्ने भएका छन्। तस्बिर: निशा भण्डारी/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्