आजका तस्बिर- मंसिर १६
आजका तस्बिर- मंसिर १६
जुगल हिमाल ।  काठमाडौंको जहरसिंह पौवाबाट बिहानीपख देखिएको जुगल हिमाल। यो हिमाल सामुद्रिक सतहभन्दा तीन हजार ८०० मिटर अल्लो छ। तस्बिर: विमलबहादुर बिष्ट/रासस
आजका तस्बिर- मंसिर १६
पुनहिलमा पर्यटक ।  हिमाल र सूर्योदयको अवलोकन गर्न चक्रिय अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पर्यटकीयस्थल पुनहिलमा आएका पर्यटक। तस्बिरः कमल खत्री/रासस
आजका तस्बिर- मंसिर १६
कुहिरो ।  चिसो बढेसँगै शनिबार बिहान सर्लाही सदरमुकाम मलङ्गवामा लागेको कुहिरो। तस्बिर: विश्वनाथ ठाकुर / रासस
आजका तस्बिर- मंसिर १६
भारी बोक्दै रुपैयाँ ।  खोटाङ जिल्लाको बराहपोखरी गाउँपालिका-२ स्थित पञ्चकन्या र उदयपुर जिल्लाको त्रियुगा नगरपालिका १४ स्थित बाझगरा जोड्ने दुधकोशी नदीमा रहेको झोलुङ्गे पुलमा यात्रुका सामान डोकोमा बोकेर पञ्चाकन्याबाट बाझगरा लैजाँदै एक मजदुर। यहाँ मजदुरले एक डोको सामान बोकेर वारपार गरेको एकसय रुपैयाँ पारिश्रमिक लिने गर्छन् । तस्बिर : हरिराम भेटुवाल / रासस
आजका तस्बिर- मंसिर १६
लिङ्गेश्वर धाम ।  कञ्चनपुरको चुरे फेदीको बेदकोट नगरपालिकामा पर्ने धार्मिक महत्वको लिङ्गेश्वर धाम। माथिबाट पहिरो र तल्लो क्षेत्रमा खोलाले कटान गर्न थालेपछि धाम क्षेत्र जोखिममा परेको छ। तस्बिर: राजेन्द्रप्रसाद पनेरु,रासस
प्रतिक्रिया दिनुहोस्