आजका तस्बिर- मंसिर १७
आजका तस्बिर- मंसिर १७
फर्किए प्रधानमन्त्री प्रचण्ड ।  जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन (कोप २८)  मा सहभागी भएर स्वदेश फर्किए प्रधानमन्त्री पुष्पकमल दाहाल। तस्बिरः निशा भण्डारी/ सेतोपाटी
आजका तस्बिर- मंसिर १७
प्रदर्शनमा राखिएको चित्रकला ।  सामरी उत्थान सेवा र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा मंसिर १४ गतेदेखि ‘जात व्यवस्था र यौनिकताः कलामार्फत प्रतिरोध’ शीर्षकमा प्रदर्शनीमा राखिएको चित्रकला। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- मंसिर १७
विश्व अपांगता दिवस ।  ३२ औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा  ललितपुर महानगरले अपांगतामैत्री भर्‍याङ राखेपछि विश्व सम्पदामा सूचिकृत पाटन दरबार स्क्वायर अवलोकन गर्दै अपांगता भएका व्यक्तिहरू। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- मंसिर १७
सूर्योदय ।  पोखरा महानगरपालिका–१४ मझेरी पाटनबाट आइतबार बिहान देखिएको उदाउँदो सूर्य। तस्बिर: राधिका कँडेल/रासस
आजका तस्बिर- मंसिर १७
निस्कोटबाट देखिएको धौलागिरी ।  म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट गाउँबाट देखिएको धौलागिरी हिमाल। तस्बिरः ध्रुवसागर शर्मा/रासस
प्रतिक्रिया दिनुहोस्