आजका तस्बिर- मंसिर १८
आजका तस्बिर- मंसिर १८
घोडामा सयर गर्दै पर्यटक ।  म्याग्दीको पर्यटकीयस्थल पुनहिलमा घोडामा सयर गरेर मनोरञ्जन लिँदै पर्यटक। घोडेपानीदेखि पुनहिलसम्म पर्यटकहरूको सुविधाका लागि घोडा सयरको व्यवस्था छ। तस्बिरः कमल खत्री/रासस
आजका तस्बिर- मंसिर १८
हुम्लामा हिमपात ।  हुम्लामा आइतबार रातिदेखि भएको हिमपात। तस्बिरः दाने बोहरा/रासस
आजका तस्बिर- मंसिर १८
खच्चडमार्फत् चामल ढुवानी ।  उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा रहेको सिर्दीबास डिपोका लागि खच्चडबाट चामल ढुवानी गरिँदै । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले चालु आर्थिक वर्षका लागि सिर्दीबासमा चामल ढुवानी गर्न थालेको हो। तस्बिर: दीपक श्रेष्ठ/रासस
आजका तस्बिर- मंसिर १८
तोरी खेती ।  मोरङको सुन्दरहरैँचा नगरपालिका–१० विराटचोकस्थित खेतमा किसानले लगाएको तोरीखेतीमा पहेंलपुर भएर फुलेको तोरीबाली। तस्बिर: मणिराम दाहाल/रासस
प्रतिक्रिया दिनुहोस्