आजका तस्बिर- मंसिर १९
आजका तस्बिर- मंसिर १९
सुन्दर घोडेपानी ।  चक्रिय अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका– ६ मा अवस्थित पर्यटकीयस्थल घोडेपानीको मनोरम दृश्य । यहाँबट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ। तस्बिरः कमल खत्री/रासस
आजका तस्बिर- मंसिर १९
स्वास्थ्य स्वयंसेविका ।  स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास भन्ने नाराका साथ २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा मङ्गलबार मेलम्ची नगरपालिकाद्वारा मेलम्चीमा आयोजना गरिएको कार्यक्रममा सहभागी महिला स्वयंसेविका। तस्बिर: देवराज सुवेदी/रासस
आजका तस्बिर- मंसिर १९
माला व्यापार गर्दै ।  काठमाडौंको बौद्ध क्षेत्रमा घाँटीमा माला भिरेर व्यापार गर्दै एक व्यापारी। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- मंसिर १९
भक्तजनको सहजका लागि पाथीभरा पदमार्गमा लगाएको ट्रस्ट ।  ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा पदमार्गमा लगाएको ट्रस्ट र पृष्ठभूमिमा देखिएको विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल। तस्बिरः दिलकुमार लिम्बू/रासस
आजका तस्बिर- मंसिर १९
माछापुच्छ्रे ।  पोखरा महानगरपालिका-१७ रातोपैरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयबाट मङ्गलबार बिहान देखिएको माछापुच्छ्रे हिमाल। तस्बिर: राधिका कँडेल/रासस
प्रतिक्रिया दिनुहोस्